
विराटनगर,
प्रदेश १ मा आज २ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । १ नम्बर प्रदेशमा २ सय २ जनामा कोरोना संक्रमण देखिएको हो । मोरङमा १ सय १४, झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरी ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २(२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १(१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १(१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र बिर्तामोडमा ४(४, अर्जुनधारा र कनकाईमा ३(३, शिवसताक्षी र कमल गाउँपालिकामा १(१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १(१, सङ्खुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ३१ हजार ६ सय ४६ पुगेको छ । सङ्क्रमित मध्ये २९ हजार ९ सय ५९ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय ५ पुगेको छ । प्रदेश १ मा आज ७ सय ४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १ सय २६ पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।