
विराटनगर,
१ नम्बर प्रदेशमा आज २ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु मोरङमा १ सय २०, झापामा ५०, सुनसरीमा ४७ छन् भने ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ जना छन् । यसैगरी १ नमबर प्रदेश बाहिरका २३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५ जनामा सक्रमण पुष्टि भएको छ । यस्तै, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१ जना छन् । यसैगरि, झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जना छन् ।
सुनसरीको धरानमा २६ जनामा सक्रमण पुष्टि भएको छ भने इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१ जना छन् । ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
१ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ । प्रदेश १ मा आज ८ सय ४३ जनाले पीसीआर परीक्षण गराएका थिए । सो मध्ये ८९ महिला र १ सय ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।