
धरान,
उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनुषाका ६० वर्षीय वृद्ध पुरुषको मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उनको उपचारको क्रममा कोभिड अस्पतालमा हिजो (बुधबार) दिउँसो मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो दिउँसो ३ बजेर १८ मिनेटमा संक्रमितको मृत्यु भएको थियो । मृतक प्रतिष्ठानमा बैशाख १० गते भर्ना भएका थिए भने सोही दिन उनलाई संक्रमण पुष्टि भएको थियो ।