समाचारस्वास्थ्यहेडलार्इन

धरानमा २० जना सहित १ नम्बर प्रदेशमा एक सय ९१ जनामा कोरोना प्ुष्टि

विराटनगर,
धरानमा २० जनासहित प्रदेश १ मा आज २ सय ९१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ९१ जना कोरोना संक्रमित थपिएको हो । थपिएकाहरुमा मोरंगमा १५३, झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा पनि संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ३२ महिला र ८८ पुरुष सहित १२० जनामा संक्रमण देखिएको छ । लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१ जना छन् । यस्तै, सुनसरीको धरानमा २० जनामा संक्रमण पुष्टि भएको छ भने इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१ जनामा पुष्टि भएको छ ।

यसैगरि, झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ जना छन् । ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ । प्रदेश १ मा आज ८ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ६ महिला र १ जना ८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button