
धरान
धरानमा एक पत्रकारसहित ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा आज १ जना पत्रकार सहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये १ जना पत्रकार पनि छन् । पछिल्लो संख्या थप भएसँगै धरानमा १ सय ९० हाराहारीमा सक्रिय संक्रमित पुगेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
उनका अनुसार ती मध्ये १ दर्जन हाराहारी मात्र कोभिड अस्पतालमा लगिएको छ । अरु होम आइसोलेसनमा नै रहेको मेहताले बताए । ‘धरानमा सक्रिय संक्रमित १ सय ९० हाराहारीमा पुगेको छ, १० र १२ जना जति मात्र अस्पतालमा छन्, अरु सबै होम आइसोलेसनमा नै छन,’मेहताले भने ।