समाचारस्थानीयहेडलार्इन

धरानमा निषेधाज्ञालाई कडाई गर्दै प्रहरी, आज एक सय बढी जोर नम्बरको मोटरसाइकल नियन्त्रण

[mashshare]

धरान
धरान प्रहरीले धरानमा निषेधाज्ञालाई कडाईका साथ लागु गर्न थालेको छ । बिशेष गरि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गर्न प्रहरीले कडाई गरेको हो । आज बिहान १ सय भन्दा बढी जोर नम्बरको मोटरसाइकल तथा साना सवारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आज विजोर १९ गते भएकोले अन्तिम विजोर नम्बर भएका मोटरसाइकल वा सवारीहरु मात्र चल्न पाउछन् ।


इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले १ सय भन्दा बढी जोर नम्बरका सवारी नियन्त्रण गरेर करिब ३ घण्टा पछि सम्झाई बुझाई गरेर छोडिएको बताए । प्रहरीले भानुचोक, तीनकुने, छाताचोक, रेल्वे, वरगाछी, अमरहाटलगायतका स्थानहरुमा चेकजाँच गर्दै जोर विजोर प्रणालीलाई कडाईका साथ लागु गरेको हो । प्रहरीसँग निहुँ खोज्ने केहीलाई ट्राफिक नियम अनुसार जरिवाना पनि गरिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालयले लागु गरेको निषेधाज्ञाअनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म पसल तथा बजार खोल्न छुट दिइएको छ । उक्त समयमा सर्वसाधारणहरु पनि किनमेल गर्न बजार, पसल जाने गरेका छन् । बिहान ११ बजेपछि भने औषधीबाहेकका अन्य पसलहरु बन्द हुने भएकोले आजदेखि धरान प्रहरीले दिउँसो अनावश्यक हिडडुल गर्ने मानिसहरुलाई पनि कडाई गर्ने भएको छ । प्रहरी निरीक्षक ओलीले भने,‘११ बजेपछि बजार, पसल बन्द हुन्छ । त्यसपछि अनावश्यक हिड्ने, रमितेहरुलाई एक पटकलाई सम्झाई बुझाई गछौं । अटेर गर्नेलाई नियन्त्रणमा लिएर उभ्याउछौं ।’

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button