समाचारस्वास्थ्यहेडलार्इन

कोरोना भाईरसका कारण १ नम्बर प्रदेशम भारतीयसहित चार जनाको मृत्यु

विराटनगर

कोरोना भाइरसका कारण १ नम्बर प्रदेशमा भारतीयसहित ४ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशमा १ जना भारतीयसहित ४ जना संक्रमितको मृत्यु भएको हो । धरान र विराटनगरका कोभिड विषेश अस्पतालमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतीय नागरिकको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर मृत्यु भएको हो । भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका –६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

यस्तै यता धरान सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको सुचना अधिकारी राजवंशीले जानकारी दिए । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताप्लेजुङका ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलका अनुसार ती पुरुष दीर्घरोगी समेत रहेको बताए । मृतक पुरुषलाई वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो भने १४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button