
धरान
सुनसरीमा सक्रिय सङ्क्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल््लामा जम्मा सङ्क्रमितको सङ्ख्या ५ सय १२ पुगेको हो । स्वास्थ्य कार्यालय सुनसरीका कोरोना फोकल पर्सन मनिस सुवेदीका अनुसार १९ गते साँझसम्म प्राप्त विवरण अनुसार जिल्लाको कुल सङ्क्रमित ५ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सङ्क्रमणका कारण जिल््लामा ९ जनाले ज्यान गुमाएका छन् ।
सुनसरीमा केही दिनयता सङ्क्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा स्वास्थ्य कार्यालयले चिन्ता व्यक्त गरेको छ । जिल्लावासी समक्ष स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै अत्यावश्यक अवस्था बाहेकको हकमा घर बाहिर ननिस्कन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यता जिल्ला प्रशासन कार्यालय सुनसरीले निधेषाज्ञामा कडाइ गर्ने सङ्केत दिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आवश्यकता अनुरुप निषेधाज्ञा उपर पुनर्विचार गरिने बताए ।