
विराटनगर
आज प्रदेश १ मा आज ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५ सय ५२ जना पुगेको छ । प्रदेश १ मा १ हजार ३ सय १६ जनाको पीसीआर परीक्षण गरिएका मध्ये २ सय ५५ महिला र ३ सय ५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका मध्ये मोरङ्गमा २ सय ६६, झापामा १ सय ६६, सुनसरीमा १ सय २७ जना छन् भने उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङ्गको विराटनगरमा ९० महिलार १ सय ३ पुरुषसहित १ सय ९३ जना छन् । सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ, जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१ जना छन् ।
यस्तै, झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमलगाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बा¥हदशीमा २, गौरीगञ्ज र स्थानीयतह नखुलेका १–१ जना छन् ।
सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीयतह नखुलेका १–१ जना रहेका छन् । उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीयतह नखुलेका १ जना छन् भने इलामको सुर्योदया, माईजोगमाई, माई र इलाम नगरपालिकामा १–१ जना रहेका छन् । ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १–१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।