समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा आज नौं सय चार जना कोरोना संक्रमित थपिए ,सुनसरीमा मात्रै एक सय असी जना

विराटनगर,
१ नम्बर प्रदेशमा आज ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सुनसरीमा १ सय ८० रहेका छन् । थपिएकाहरुमा मोरङमा ४ सय ३१, झापामा २ सय १४, सुनसरीमा १ सय ८०, धनकुटा र उदयपुरमा १८–१८ जना रहेका छन् । यस्तै इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


त्यस्तै, मोरङको विराटनगरमा १ सय ४६ महिला र १ सय ६१ पुरुष सहित ३ सय ७ जनालाई संक्रमण पुष्टि भएको छ । यस्तै, लेटाङमा २७, सुन्दरहरैचामा २१, बेलबारीमा २०, बुढीगंगामा १४, रतुवामाईमा ९, उर्लाबारीमा ८, पथरीशनिश्चरेमा ७, ग्रामथान र जहदामा ४–४, स्थानीय तह नखुलेका ३, कटहरी, कानेपोखरी र धनपालथानमा २–२ जनामा संक्रमण पुष्टि भएका छन् भने मिक्लाजुङमा १ जनामा संक्रमित पुष्टि भएको छ । छन् ।

यस्तै, झापाको भद्रपुरमा ५७, मेचीनगरमा २६, विर्तामोडमा २५, दमकमा २३, बुद्धशान्ति र अर्जुनधारामा १८–१८, कनकाईमा १६, हल्दिबारीमा १०, कचनकवलमा ९, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, बा¥हदशी, गौरादह र स्थानीय तह नखुलेका २–२ जना छन् । यस्तै, सुनसरीको धरानमा ८५, इटहरीमा ६०, इनरुवा र रामधुनीमा ८–८, दुहवी र बराहक्षेत्रमा ५–५, स्थानीय तह नखुलेका ३, गढी र कोशी गाउँपालिकामा २–२, बर्जु र देवानगञ्जमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


१ नम्बर प्रदेशमा आज १ हजार ८ सय जनाले पीसीआर परीक्षण गराएका थिए । त्यसमध्ये ४ सय १ जना महिला र ५ सय ३ जना पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा ५५ जना कोरोनालाई जितेर संक्रमणमुक्त भई घर फर्केका छन् । सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ८२ रहेको विकास मन्त्रालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button