राजनीतिसमाचारहेडलार्इन

माधव नेपाल समूहको सामुहिक राजीनामा ओलीसँगको भेटवार्तापछि केही दिन स्थागीत

[mashshare]

काठमाण्डौं
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सामुहिक राजीनामा ओलीलाई भेटेपछि केही दिनका लागि स्थागीत भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज भेटेपछि बरिष्ठ नेता नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् ।


‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए । छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चकोे फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ । छलफल जारी छ’ नेता नेपालको भनाई छ । त्यस्तै उनले आज आफ्नो समूहका सांसदहरुले दिने भनेको राजीनामा पनि टरेको बताए । उनका अनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।


‘बैशाख २६ गते केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे जे विषयवस्तु अघि सारेको थिएँ, त्यसमा छलफल गरियो’ ओलीसँगको भेटवार्तापछि नेता नेपालले भने, ‘फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला बमोजिम पाटीलाई जेठ २ गतेको अवस्थामा पुर्याउने सहमति भएको छ ।’त्यस्तै पाटीलाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल जारी राख्ने भन्ने कुरा भएको बताए । त्यस्तै उनले समस्या समाधान गर्न कार्यदल बनाएर सहमतिका आधारमा टुंगो लाग्ने नेता वष्ठि नेता नेपालको भनाइ छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button