अर्थ खबरसमाचारस्थानीयहेडलार्इन

भिजन अप्टिकल एण्ड आई क्लिनिकद्धारा फ्रन्ट लाईनमा काम गर्ने धरानको पत्रकारहरुलाई चश्मा प्रदान

धरान,
भिजन अप्टिकल एण्ड क्लिनिकद्धारा फ्रन्ट लाईनमा काम गर्ने धरानको पत्रकारहरुलाई चश्मा प्रदान गरेको छ । दिनानुदिन कोरोनाको संक्रमण बढ्दै गएकाले फ्रन्ट लाईनमा रहेर काम गर्ने पत्रकारहरु समेत असुरक्षित हुने भन्दै क्लिनिकले ३५ थान सेफ्टी चश्मा उपलब्ध गराएको हो । फ्रन्ट लाईनमा रहेर काम गर्दा आँखा सुरक्षित होस् भन्ने उद्देश्यले पत्रकारहरुलाई चश्मा प्रदान गरेको क्लिनिकका संचालक एकराज थापाले जानकारी दिए ।


आईतबार धरानको भानुचोकमा पत्रकारहरुलाई ढाकेर चश्मा उपलब्ध गराएको संचालक थापाको भनाई छ । धरानका पत्रकार गोपाल कामतको पहलमा धरानमा दिनरात खटिरहने पत्रकारहरुलाई चश्मा प्रदान गरिएको हो । पत्रकार कामतका अनुसार भिजन अप्टिकल एण्ड आई क्लिनिक प्रा.लि.ले आधुनिक कंप्यूटराइज्ड प्रविधिको प्रयोग तथा दक्ष दृष्टि विशेषज्ञहरुको नियमित आँखा जाँच तथा सेवा सञ्चालन गदै आएका गुणस्तरीय र अन्तराष्ट्रिय बजारका प्रचलित चस्माको सेवा धरानका पत्रकारहरुले प्राप्त गरेको बताए ।


फिल्डमा सामाचार रिपोटिङको क्रममा भेटिने गरेका पत्रकारहरुलाई चश्मा उपलब्ध गराउदै आएको र हाल सम्म करिब १५ जना पत्रकारहरुलाई उक्त चश्मा प्रदान गरिसकेको पत्रकार कामतले जानकारी दिए । भिजन अप्टिकल एण्ड आई क्लिनिक प्रा.लि.मा सामन्य मुल्य देखि रु १ लाख सम्मको चश्मा भएको कम्पनीको दावी छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button