
धरान ,
धरानको लोकतान्त्रिक चौतारीमा खाना पकाएर खानेहरुलाई मिलनले चामाल दिएका छन् । केही दिन अघि सामजिक सञ्जालमा लकडाउनका कारण भात खाने चामाल नहुँदा चाउचाउले रात कटाउनु पर्ने भन्दै दुखेसो पोखेको समाचार देखेपछि तरहराका मिलन राना साम्पाङले सडक मानवलाई खाद्यन्य वितरण गरेको हो ।

घरविहिन,परिवारविहिन,अभिभावकविहिन सडक मानवले मागेर जिविकोपार्जन गदै आएको तर कोरोनाका कारण लकडाउन थपिएपछि उनीहरुलाई भोक मेटाउन समस्य परेको थियो । उक्त समाचार सामजिक सञ्जालमा छाएपछि आईतबार धरान आएर सामजिक अभिन्याता तरहरा निवासी मिलनले २५ केजी चामल, तेल, दाल, तरकारी, पानी उपलब्ध गराएका हुन् ।
‘सामजकि सञ्जालमा धरानको लोकतान्त्रिक चौतारीमा ३ दिन देखि भात खाना नपाएको भन्ने भिडियो र समाचार देखे मन पोल्यो हुन त मलाई पनि समस्या नभएको होइन, लकडाउनले सबैलाई समस्य भएको छ । तैपनि मैले सोचे आफुले सक्ने यो बेला सहयोग गर्नु पर्छ भन्ने दयाँ पलायो त्यसैले उनीहरुलाई मैले केही दिनको लागि खाना खाने व्यवस्था गरी दिएको हुँ ’ मिलनले कोशीपोष्ट डटकम संग कुरा गदै भने ।
लकडाउनको बेला चामाल लगायत सबै मागेर जिविकोपार्जन गदै आएका सडक मानवहरुले चामाल लगायत तरकारी,नुन्,तेल,पानी सबै प्राप्त गरेपछि उनीको मुहारमा हाँसो देखिएको थियो । हाम्रो लागि मिलन दाई भगवान नै बनेर आउनु भयो यति भएपछि केही दिनलाई माग्नु जानु परेन उनीहरु भन्दै थिए । ‘यो बेला हामीलाई कसैले काम लगाई दिएपनि हामी काम गरेर खाने थियौं, उनीहरुले काम गर्ने रुचि देखाउदै यसो भन्दै थिए । धरानको भानुचोकमा खाना पकाएर खानेहरुलाई मिलन साम्पाङले दिएको खाने सामाग्री जतन गर्ने ठाउँ नभएका कारण नजिकै रहेको वडा प्रहरी बिटको कम्पाउण्डमा लगेर खानेकुरा राख्दै बेलुकालाई खाना पकाउने दाउराको जो गर्न सडक तिर निस्कदै हाम्रो खाना पकाउने भाडा चाहि भएन नि हजुर उनीहरुले दुखेसो पोखे ।
धेरै दिन सम्म उनीहरुले एक छाक मात्र खाएर बसेको बताए । लकडाउन भएकोले मान्छेहरुले पानी सम्म दिदैनन् कोरोना लाग्छ भाग्क भनेर हामीलाई लखेक्छन् उनीहरु सुनाउदै थिए । ‘लकडाउन छ, कसैले केही दिँदैन’, ती समूहका एक जना राजन घिमिरेले दुखेसो पोख्दै भने । हामी गरिब भएकाले नै यसरी मागेर खानु बाध्य भएका हौं उनीहरु दुखेसो सुनाउदै भन्दै थिए ।
गत साल धरानको लोकतान्त्रिक चौतारी वरिपरि बस्ने ३१ जनालाई सरकारले उद्धार गरेको थियो । त्यसपछि भानुचोकमा देखिएका बालबालिकाहरुलाई उद्धार नगरेको जानकारहरु बताउँछन् ।