
धनकुटा
धनकुटा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत महेन्द्र कुमार खाम्याहाङ्गको निधन भएको छ । असमायिक निधन भएकोमा नेपाली कंग्रेस धनकुटाले आज शोक विज्ञप्ती प्रकासित गदै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गर्दै लामो सयम सम्म धनकुटा नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कुशलतापूर्वक कार्य सम्पादन गरी धनकुटाको विकास र समृद्धीका लागि महत्वपूर्ण योगदान पु¥याएको बताए । खाम्याहाङ्गको निधनले धनकुटामा असल सहयोगी अधिकृत गुमाएको उल्लेख गर्दै उनीप्रति सचिब राईले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
धनकुटाकाको सल्लेरीमा नेपालकै नमुना डम्पिङ्क साईड(फोहर मैला व्यवस्थापन केन्द्र) निर्माण गर्ने र नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई बसपार्कमा भवन सहितको पाँच आना जग्गा २०६३ सालमा दिने साहसीक निर्णय गरी प्रदान गर्ने लगायत धनकुटाको विकास र समृद्धीका लागि तत्कालिन धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत स्वर्गीय खाम्याहाङ्गको महत्वपूर्ण योगदान रहेको सचिब राईले जानकारी दिए ।
धनकुटाका विकास र समृद्धि संगै नेपाल पत्रकार महासंघ धनकुटा शाखाको संंस्थागत विकासका लागि समेत स्वार्गीय खाम्याहाङ्कले महत्वपूण भूमिका निर्वाह गरेको सबिच राईले बताए ।