समाचारसूचना प्रबिधिहेडलार्इन
भूकम्पले पाँच घर भत्कियो, चार जना घाइते,लमजुङ केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म

काठमाण्डौं,
भूकम्पले ५ घर भत्किएको छ । बुधबार बिहान लमजुङ केन्द्र बिन्दु बनाएर गएको भूकम्पले ५ वटा घर भत्काएको र ४ जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी ९ मा क्षति भएको हो ।
‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’ डीआईजी अर्यालले भने, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, ४ जना सामान्य घाइते हुनुभएको छ ।’
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो लमजुङमा फेरि भूकम्प जादा काठमाडौंसम्म धक्का महशुष गरिएको थियो ।