
काठमाण्डौं
सरकारले ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको हो । सरकार र निजी अस्पताल,मेडकल कलेज संग निःशुल्क उपचारका लागि सम्झौता गरेको सह–प्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत निजी तअस्पताललाई मन्त्रालयले रकम दिने जनाएको छ । मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनु पर्ने बताएको छ ।
यी निजी अस्पताल र मेडिकल कलेजमा संक्रमितले निःशुल्क उपचार पाउने भएका छन् ।
