समाचारस्थानीयस्वास्थ्यहेडलार्इन

फ्रन्टलाईनमा काम गर्ने सुनसरीका पत्रकारलाई कलाकार माधव र ग्रीन तारा गु्रपद्धारा स्वास्थ्य सामग्री वितरण

ईटहरी
फ्रन्टलाइनमा काम गर्ने सुनसरीका कलाकार माधव र ग्रीन ग्रुपद्धारा स्वास्थ्य सामग्री वितरण गरेको छ । फ्रन्टलाईनमा रहेर काम गर्दा पत्रकारहरु असुरिक्षत हुने भन्दै स्वास्थ्य सुरक्षाका लागि इटहरीका एक कलाकार र ग्रीनतारा गु्रप अफ कम्पनीले प्रेस चौतारी नेपाल सुनसरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको गरेको हो ।


सुनसरीका पत्रकारहरुका लागि इटहरी १ नं. वडा निवासी कलाकार माधव केशीले तीन हजार पिस मास्क र ग्रीनतारा गु्रपले एक हजार पिस मास्क, सेनिटाइजर र ह्यान्डवास प्रदान गरेको छ । कलाकार केसीले धरानमा आफै आएर प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला सहसंयोजक योगेशबाबु काफ्ले र सचिव विकास चाम्लिङ राईको हातमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।


बुधबार ग्रीन तारा गु्रपका अध्यक्ष एवं प्रबन्ध निर्देशक सम्राट श्रेष्ठले आफ्नो इटहरीस्थित कार्यालयबाट संगठनका पदाधिकारीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । प्रेस चौतारी नेपालले अग्रपङ्क्तिमा खटिएका पत्रकारहरुलाई वितरण गर्न स्वास्थ्य सामाग्री संकलन गरिरहेको प्रेस चौतारी नेपाल सुनसरीका संयोजक प्रेम बाँस्तोलाले जानकारी दिए ।


प्रेस चौतारीद्वारा संकलन गरिएका स्वास्थ्य सामाग्री पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ सुनसरीलाई एकमुष्ट प्रदान गर्ने र महासघले आवश्यकता अनुसार सो स्वास्थ्य सामाग्री सुनसरीका पत्रकारहरुलाई वितरण गर्ने चौतारीका सुनसरी सचिव विकास चाम्लिङ राईले जानकारी गराए । ५ हजार पिस माक्स र ३ लिटर सेनिटाइजर महासंघलाई प्रदान गर्न लागिएको चाम्लिङले जानकारी बताए ।
अहिले सम्म सुनसरीमा १३ जना पत्रकार कोरोना सङक्रमित भएको महासंघ सुनसरीले जनाएको छ । १ जना गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ । ११ जना होमआइसोलेसनमा रहेका छन् भने १ जना भर्खरै मात्र कोरोनालाई जितेर सामान्य अवस्थामा आइसकेका छन् ।

जिल्लामा कोरोना सङक्रमणको जोखिम बढेकोले पत्रकारहरुलाई नगई नहुने बाहेक घर बाहिर ननिस्कन पत्रकार महासंघ सुनसरीले आग्रह गरेको छ । परिस्थितिको संवेदनशीलताअनुसार घरमै बसेर रिपोर्टङ गर्ने तथा काम गर्ने वातवरण तयार गर्न सम्बन्धित सञ्चारगृहहरुलाई अनुरोध गरिएको महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले जानकारी दिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button