अर्थ खबरसमाचारस्थानीयहेडलार्इन

धरानका १३ विपन्न परिवालाई युथ फर गुड नेपालद्धारा १३ राहत वितरण

[mashshare]

धरान


दोस्रो चरणको लकडाउनमा युथफर गुड नेपालले १३ परिवारलाई राहत वितरण गरेको छ । सामाजिक तथा मानविय क्षेत्रमा काम गर्दै आएका युबाहरुको संस्था युथ फर गुड नेपालले विपन्न १३ परिवारलाई राहत सहयोग उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड —१९) को कारण जोखिम न्युनीकरण गर्न नेपाल सरकारले लागू गरेको देशव्यापी लकडाउन कारण प्रभावित विपन्न समुदायका १३ परिवारलाई १६ हजार बराबरको खाद्यन्य सामग्री वितरण गरेको छ ।


संस्थाका विभिन्न शाखाहरु मार्फत विभिन्न ठाउँहरुमा काम गर्दै आएको र सोही अनुसार सुनसरीको धरानमा पनि लकडाउनका कारण हातमुख जोड्न समस्या हुने १३ परिवरहरुलाई सस्थाले राहत सहयोग वितरण गरेको सस्थाका काठमन्डौ क्षेत्रीय प्रमुख सनम सुबेदिले जानकारी दिए ।सुबेदिका अनुसार उक्त राहत सामाग्रीमा चामल,दाल, नुन तथा तेल रहेको छ ।


दैनिक मजदुर गरी खाने वर्गलाई दोस्रो लकडाउनमा समस्या परेकको अवस्थाबारे जानकारी लिई सस्थाको फेसबुक पेजमार्फत विपन्न परिवारको परिवार संख्या संकलन गरी आफ्ना स्वयंसेवक मार्फत राहत सामग्री सम्बन्धि व्यक्ति सम्म पु¥याउन सफल भएको संस्थाका सबेदीको भनाई छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button