समाचारसमाजस्थानीयहेडलार्इन

नाबालिका छोरीलाई जर्बजस्ती करणी उद्योग गरेको आरोपमा युवा पक्राऊ

[mashshare]

इनरुवा

नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा १ जना युवा पक्राऊ गरेका छन् । सुनसरीको रामधुनी ८ तीनकुने घर भई हाल इनरुवा ३ मा बस्दै आएका सानाबाबु नाता पर्ने ३५ वर्षीय पुरुष पक्राउ परेका हो । श्रीमतीको पहिलो श्रीमान् (झट्केलो) पट्टिका नाबालिका कान्छी छोरीलाई करणी उद्योग गरेपछि फरार रहेका युवा आज पक्राउ गरिएको हुन् । आमालाई भेट्न आएकी उनी १० दिनदेखि आमासँगै बस्दै आएकी थिइन् ।


श्रीमती सुतेको अवस्थामा जेठ ५ गते राती नाबालिकामाथि करणीको प्रयास गरेका थिए । घटनापश्चात् फरार आरोपितलाई आज (आइतबार) बिहान प्रहरी चौकी डुम्राहाको टोलीले इनरुवा ८ बङ्कुल्वाबाट पक्राउ गरेको छ । उनलाई मुलुकी अपराध संहित ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button