समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा सात सय ६३ जना कोरोना संक्रमित थपिए, ९३ जना संक्रमणमुक्त

विराटनगर
प्रदेश १ मा आज ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा यस्तै आज ९३ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । जम्मा १ हजार ८ सय ६४ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय १५ महिला र ४ सय ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योे संगै सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ११ पुगेको छ । थपिएकाहरु मोरङमा ३ सय ९८, सुनसरीमा १ सय १४, झापामा १ सय ६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


यस्तै, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा २–२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १–१, स्थानीय तह नखुलेका ४ जना छन् । झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७–७, बुद्धशान्तिमा ५, शिवसताक्षीमा ४, गौरीगञ्जमा ३, गौरादहमा २, बा¥हदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


त्यसैगरी मोरङको विराटनगरमा २ सय २७ जना मध्ये ९४ महिला र १ सय ३३ जना पुरुष रहेका छन् । यस्तै सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२ , रतुवामाई र स्थानीय तह नखुलेका १–१ जना छन् ।

त्यस्तै, उदयपुरको कटारीमा ५७, त्रियुगामा ४, चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १–१, इलामको इलाम नगरपालिकामा ३, उमाईमा १, खोटाङको दिप्रुङ चुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २ सय ३१ जना पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button