समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा आज १०३७ जना कोरोना संक्रमित थपिए, १८२ जना संक्रमणमुक्त भए

विराटनगर
१ नम्बर प्रदेशमा आज १ हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ५ सय १५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३७ जनाको रिपोट पोजेटिप आएको सामजिक विकास मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४ सय २९ जना महिला र ६ सय ८ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ ।


मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, सङ्खुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै,मोरङको विराटनगरमा ६७ महिला र ९२ पुरुष सहित १५९, सुन्दरहरैचामा ५०, बेलबारीमा ४१, रतुवामाईमा ३०, सुनबर्षीमा २१, कानेपोखरीमा १७, बुढीगंगामा १२, पथरीशनिश्चरेमा ७, कटहरीमा ६, धनपालथानमा ५, उर्लाबारी र जहदामा ४(४, ग्रामथानमा ३, मिक्लाजुङ र स्थानीय तह नखुलेका २(२, सुनबर्षी, केराबारी र रंगेलीमा १(१, सुनसरीको इनरुवामा १३७, भोक्राहानरसिंहमा ३९, धरानमा २३, इटहरीमा १७, हरिनगरमा १०, दुहबी र देवानगञ्जमा ८(८, रामधुनीमा ६, बर्जू र बराहक्षेत्रमा ४(४, गढीमा २ र स्थानीय तह नखुलेका १, झापाको बुद्धशान्तिमा ४७, दमकमा २१, बिर्तामोडमा २०, कनकाईमा १३, शिवसताक्षी र भद्रपुरमा १२–१२, अर्जुनधारामा ११, कमल गाउँपालिकामा १०, मेचीनगरमा ७, बाह्रदशी र कचनकवलमा ४(४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २(२ र हल्दिबारीमा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको शहिदभूमीमा ३०, महालक्ष्मीमा १६, धनकुटा नगरपालिकामा १५, साँघुरीगढीमा २ र स्थानीय तह नखुलेका १, ओखलढुङ्गाको मानेभज्याङमा ५५ र सिद्धिचरणमा १, खोटाङको साकेलामा ३२, खोटेहाङमा ५, सङ्खुवासभाको पाँचखपनमा २९, चिचिलामा २, भोजपुरको षडानन्दमा ७ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिमा २, सूर्योदय र चुलाचुलीमा १(१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १(१, पाँचथर, ताप्लेजुङ र तेह्रथुममा १(१ र प्रदेश १ बाहिरका ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।


प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल संख्या ५२ हजार २ सय ६८ जना पुगेको छ । सङ्क्रमित भएका मध्ये ३२ हजार ५ सय ४३ जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button