राजनीतिसमाचारस्थानीयहेडलार्इन

सुनसरीका ७ दलद्धारा प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त वक्तव्य जारी

धरान
सुनसरीका ७ दलद्धारा प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त वक्तव्य जारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सुनसरीका विपक्षी ७ राजनीतिक दलले संयुक्त प्रेश वक्तव्य जारी गरेको हो ।
राष्ट्रपतिले संविधानको धारा ७६(५) वमोजिम सरकार गठनको आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न १४९ जना सांसदह?ले हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले पदको मर्यादा र आफु संविधानको संरक्षक भएको ख्याल नगरि मध्यावधी निर्वाचनमा मुलुकलाई होमेको भन्दै दलहरुले भत्सर्ना गरेका छन् ।


ओली नेतृत्वको सरकारले संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिनु पर्नेमा राष्ट्रपति समक्ष म विश्वासको मत लिन सक्दिन भनी लिखित रुपमा दिएको र संविधानको धारा २०७६ (५) बमोजिमको सरकार गठन गर्न २१ घण्टाको समय दिएपछि कांग्रेस सभापति देउवाको पक्षमा बहुमत पुगेको भएतापनि प्रत्त ओलीले पनि बहुमत सांसदसहित दाबी गरेपछि राष्ट्रपतिले दुवै पक्षलाई मान्यता दिएको थिएन्


प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कार्यका बिरुद्ध एक जुट भई नेपाली जनताको लामो संघर्ष , आन्दोलन र बलिदानबाट स्थापित भएको नेपालको संविधान अन्तहित लोकतान्त्रिक गणतन्त्र समावेसी लोकतन्त्र एंव सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि द्धढतापूर्वक हामी सम्पूर्ण दल तथा जनसमुदाय अगाडी बढ्छौ भन्ने संयुक्तवक्तव्यमा लेखिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति राजु कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु), एमाले अध्यक्ष रमेश कुमार बस्नेत, जनता समाजवादी पाटीका अध्यक्ष भगीरथ खत्वे, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष अम्बर इजम, नेकपा एकीकृतका उपाध्यक्ष एकराज सुब्बा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष किशोर राईले संयुक्त वक्तव्यमा पत्रममा हस्ताक्षर रहेका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button