समाचारसमाजहेडलार्इन

एम्बुलेन्समा गाँजा भेटियो २ जना पक्राऊ

धरान,
एम्बुलेन्समा गाँजा भेटिएको छ । सोमबार बिरामी बोक्ने एम्बुलेन्समा गाँजा भेटिएपछि धरानका प्रहरी छक्क परेका थिए । गाँजा ओसार्दै गरेका २ जनालाई धरान प्रहरीले नियन्त्रण्मा लिई सार्वजनिक गरेको छ । धनकुटाको भेडेटार हुदै गाँजा लिएर ती २ जना धरान आउदै गर्दा प्रहरीले पक्राउ गरेको बताईएको छ ।


पक्राउ परेपछि उनीहरुलाई सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा धरान–१५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धरान –११ का २८ वर्षीय पोशन राई रहेका छन् । उनको खास घर धनकुटा सहिदभूमि–१ रहेको प्रहरीले जनाएको छ ।


सोमबार राति धरान उपमहानगरपालिका वडा नंं. २ मा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को१च ५५५९ नम्बरको हुडेप नेपाल लेखिएको मारुती एम्बुलेन्सलाई शंका लागि प्रहरीले चेकजाँच गरेको थियो । एम्वुलेन्सलाई रोकी कानुनी रितपूर्वक खानतलासी गर्दा सो एम्बुलेन्सको पछाडिको भागमा २५(२५ केजीको ४ वटा झोलामा १ एक सय केजी परिमाणको लागूऔषध गाँजा जस्तो देखिने पदार्थ फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । एम्बुलेन्स तथा लागूऔषध गाँजा बरामद गरी सो एम्बुलेन्समा रहेका चालक बलबहादुर र पोशनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।


पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए । धनकुटाबाट एम्बुलेन्समा गाँजा आउँदै गरेको गोप्य सुचना प्रहरीले पाएको प्रहरी बताउँछन् । एम्बुलेन्स जिरोप्वाइन्टमा रोक्न खोज्दा एक्कासी एम्बुलेन्स भागेको प्रहरीको भनाई छ । भागेको उम्बुलेन्सलाई प्रहरीले धरान २ रत्नरोड पुगेपछि मात्रै नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । चालक बाहेक अर्का व्यक्ति पोशन राई एम्बुलेन्समा बिरामी जस्तै बनेर सुतेका थिए । पोशन सुतेको सिटमुनी गाँजा फेला परेको ईलाका प्रहरी धरानले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button