समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा आज ८ सय ९७ जना कोरोना संक्रमित थपिए, ३ सय १२ जना संक्रमणमुक्त भएर घर फर्के

[mashshare]

विराटनगर
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ९२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ९२ जना महिला र ५ सय ५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय १२ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । थपिएका संक्रमितहरु मोरङमा २ सय ९५, झापामा २ सय ३०, सुनसरीमा १ सय ७८, धनकुटामा १ सय १४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जना छन् ।


यस्तै, मोरङको विराटनगरमा ९२ महिला र १ सय ९ जना पुरुष सहित २ सय १, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरी र सुन्दरहरैचामा १०–१०, पथरीशनिश्चरेमा ८, सुनबर्षी र रतुवामाईमा ७–७, जहदा, धनपालथान र बेलबारीमा ५–५, ग्रामथानमा ३, रंगेली, केराबारी, कानेपोखरी, लेटाङ र स्थानी तह नखुलेका २–२ जना छन् । झापाको मेचीनगरमा ६८, विर्तामोडमा ३५, दमकमा २८, कमल गाउँपालिकामा १९, अर्जुनधारामा १७, भद्रपुरमा १५, कनकाईमा १४, बुद्धशान्तिमा १०, गौरीगञ्जमा ५, शिवसताक्षी र स्थानीय तह नखुलेका ४–४, गौरादह र झापा गाउँपालिकामा ३–३, गौरीगञ्जमा २, बा¥हदशी, कचनकवल र हल्दिबारीमा १–१ जना छन् ।


त्यस्तै, सुनसरीको धरानमा ८०, बराहक्षेत्रमा ३९, इटहरीमा ३२, इनरुवा र दुहवीमा ६–६, बर्जुमा ४, हरिनगर, गढी, रामधुनी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि धनकुटाको महालक्ष्मीमा ६४, शहिदभूमीमा २४, धनकुटा नगरपालिकामा २१, पाख्रिबासमा ३ र छथरमा २, उदयपुरको त्रियुगामा २३, उदयपुरगढीमा १ र स्थानीय तह नखुलेका ३, संखुवासभाको खाँदबारीमा ९, मकालु र पाँथखपनमा १–१, इलामको माईजोगमाई र इलाम नगरपालिकामा ४–४, चुलाचुलीमा १, पाँचथरको मिक्लाजुङमा ३, स्थानीय तह नखुलेका २, फिदिममा १, ताप्लेजुङको मिक्वाखोलामा २, फुङलिङ र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । हाल सम्म सक्रिय संक्रमितको संख्या १९ हजार ५ सय २ जना पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय ६५ जना पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ८ सय ५९ जनाले कोरोना भाइरसलाई जितेर निको भई घर फर्केका छन् ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button