समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा आज ८ सय ९८ जना कोरोना संक्रमित थपिए, ३ सय ५३ जना संक्रमणमुक्त

विराटनगर,
१ नम्बर प्रदेशमा आज ८ ९८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ९८ जना कोरोना संक्रमित थपिएका हुन् । २ हजार २ सय २२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ८८ महिला र ५ सय १० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ५३ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भई घर फर्केका छन् ।


थपिएका संक्रमितहरु मोरङमा ३ सय २२, सुनसरीमा २ सय ८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जना छन् । त्यस्तै, मोरङको विराटनगरमा ७८ महिला र ९१ पुरुष सहित १ सय ६९, सुन्दरहरैचामा ४५, रंगेलीमा २८, कटहरी र बुढीगंगामा १४–१४, पथरीशनिश्चरेमा १३, केराबारीमा १०, उर्लाबारीमा ९, सुनबर्षी र जहदामा ४–४, ग्रामथानमा ३, मिक्लाजुङ, धनपालथान र स्थानीय तह नखुलेका २–२, बेलबारी, रतुवामाई र लेटाङमा १–१ जना रहेका छन् ।


यस्तै, सुनसरीको इनरुवामा १ सय ५, इटहरीमा ७१, देवानगञ्जमा ४०, धरानमा ३१, दुहवीमा १०, रामधुनीमा ८, बराहक्षेत्र र गढीमा ४–४, भोक्राहानरसिह र स्थानीय तह नखुलेका २–२, हरिनगर, बर्जु , कोशी गाउँपालिकामा १–१ जना छन् । झापाको दमकमा ५६, कमल गाउँपालिकामा ७, गौरादहमा ६, भद्रपुरमा ४, विर्तामोड र शिवसताक्षीमा ३–३, मेचीनगरमा २, कचनकवल, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।


त्यस्तै, पाँचथरको फिदिममा ५२, फालेलुङ, हिलिहाङ र फाल्गुनन्दमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २०, साँघुरीगढीमा १४, छथरमा १०, पाख्रिवासमा ४, संखुवासभाको चैनपुरमा ३०, खाँदबारीमा ९, मादीमा १, खोटाङको हलेसीतुवाचुङमा १५, भोजपुरको षडानन्दमा ६, भोजपुर नगरपालिकामा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा २, स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँसमा २, इलामको चुलाचुली र इलाम नगरपालिकामा १–१, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३५ जनामा कोरोना पुष्टि भएको सामजिक विकास मन्त्रालयले जनाएको छ ।


यो संगै १ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ हजार ६३ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ३७ पुगेको छ । संक्रमित भएका मध्ये ३३ हजार २ सय १२ जनाले कोरोनालाई जितेर निको भई घर फर्केका छन्

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button