
धनकुटा
प्रेस युनियनद्धारा धनकुटाका पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसरमा फ्रन्टलाईनमा काम गर्ने धनकुटा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ र पत्रकार संग सम्वद्ध संघ संगठनहरुलाई नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले शुभ कामना दिदै स्वास्थ्य समाग्री वितरण गरेका हुन् । मास्क ,सेनिटाईजर लगायतका स्वास्थ्य समाग्रीहरु प्रदान गरेको उपाध्यक्ष राईले जानकारी दिए । माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरससंगको युद्धमा सवै एकजुट भएर सामुहिक ढंगबाट कोरोना संग लडाई लड्नु पर्ने उपाध्यक्ष राईले बताए ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका पदाधिकारी तथा पत्रकार संघ सम्वद्ध संघ संगठनका पदाधिकारीहरुले फ्रन्टलाईनमा काम गर्ने पत्रकारलाई कोरोनाबाट जोगिन मद्दत होस् भनी स्वास्थ्य समाग्रीहरु उपलब्ध गराएको भन्दै प्रेस युनियन प्रति धन्यवाद ज्ञापन गरेका थिए । दिवस कार्यक्रममा महासंघका पदाधिकारी तथा पत्रकारहरुले शुभ कामना समेत दिएका थिए ।