अर्थ खबरसमाचारहेडलार्इन

लगातार पानी परेका कारण अरुण तेस्रोको बाँध बाढीले बगायो

[mashshare]

संखुवासभा koshipost.com


अरुण तेस्रोको बाँध निरन्तर वर्षाका कारण बाढीले बगाएको छ । संखुवासभामा निर्माण भईरहेको अरुण तेस्रोको बाँध बाढीले बगाएको हो । मकालु –५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले बगाएको छ ।


बिहीबारदेखि लगातार परेको पानीपछि अरुण नदीमा आएको बाढीले बाँध बगाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कविन राईले जानकारी दिए । डाइभर्सनल टनेल बाढीले बगाएपछि त्यो सेक्टरको काम रोकिएको छ । बाढीले ड्याम भत्काउँदा पानी प्याँक्न प्रयोग गरिएका डिवाइटिङ पम्प तीन वटा र पम्पमा लाग्ने फलामे पाइप ४० मिटर, सिमेन्ट, गिटी, कङ्क्रिट गर्दा प्रयोग गरिने दुई सय लिटरको टिनको खाली केमिकल ड्रम ३५ वटा, टिनले बारेको ६–६ मिटरको टिनको तीन वटा पोस्ट घरसहित बगाउँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।


यो ड्याम साइटमा भारतीय जेपी एसोसियट कम्पनीले काम गरिरहेको छ । सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको नौ सय मेगावाटको अरुण तेस्रो विद्युत् आयोजना भारतीय सरकारी जलविद्युत् कम्पनी सतलज एसजेभीएन कम्पनीले निर्माण गरिरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button