समाचारसूचना प्रबिधिस्थानीयहेडलार्इन

जिल्ला प्रशासन कार्यालय सुनसरीले जेष्ठ २२ गतेसम्म निषेधाज्ञा थप्यो

इनरुवा koshipost.com
जिल्ला प्रशासन कार्यालय सुनसरीले जेष्ठ २२ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको छ । प्रशासन कार्यालय सुनसरीले यसअघि जारी गरेको निषेधाज्ञा जेष्ठ १५ गते राति १२ बजेदेखि सकिँदैछ ।


कोरोना संक्रमणको जोखिम नघटेकाले सुनसरीमा फेरि १ सातासम्म लकडाउन थपिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक सातासम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । बैंठकले निर्णय गरेअनुसार सुनसरी जिल्लामा जेष्ठ २२ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।


सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोखरेलले जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआएको हुनाले निषेधाज्ञा सातादिन लम्ब्याइएको जानकारी दिए । ‘विशेषतः निषेधाज्ञाले संक्रमणदर पनि घटेको पाइएकोले फलदायी भएको पाइएको छ भने जनप्रतिनिधिबाट पनि यस्तै कुरा आएको हुनाले निषेधाज्ञा थपिएको हो ।’ ‘निषेधाज्ञा लगाइएपछि कोरोना कोरोना संक्रमण दर घट्दै आइरहेको छ हप्तादिन जारी निषेधाज्ञाले अझै केही नियन्त्रणमा आउँछ भन्ने हो’प्रवक्ता पोखरेलले भने ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button