समाचारसूचना प्रबिधिस्थानीयहेडलार्इन

सुनसरीमा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपियो सबै पसल बन्द रहने , आदेश पालना नगरी आवतजावत गर्नेलाई १ लाख जरिवाना (आदेश पत्र सहित )

इनरुवा koshipost.com
सुनसरीमा जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । कोरोना संक्रमण अझै बढीरहेको भन्दै सुनसरीमा पुनः एक साताको लागि निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले जेष्ठ ३१ गते राती १२ बजेसम्मको लागि सुचना निकाएर निषेधाज्ञा थप गरेको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि जेष्ठ २२ गते शनिबार (भोली) राती १२ बजे सकिदैछ । निषेधाज्ञा सकिन अगावै थप एक साताका लागि निषेधाज्ञाको अवधि बढाएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी गराएका हुन् । प्रजिअ ढकालले निषेधाज्ञा थप गर्नुअघि जिल्लाको डिसिसिएमसि बैठक बसेको थियो ।

खाद्यान्न तथा तरकारी पसलहरुलाई केही खुकुलो बनाउने अपेक्षा गरिए पनि प्रशासनले निषेधाज्ञा अवधिभरी कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । डिसिसिएमसि बैठकमा आमन्त्रितरुपमा बोलाइएको स्थानीय तहका प्रमुखहरुले पसलहरु खुलाउन नमानेको सहायक प्रजिअ महेश पोखरेलले जानकारी दिए । उनले भने, ‘डिसिसिएमसि बैठकमा आमन्त्रित सदस्यकोरुपमा आउनु भएका मेयर साबहरुले मान्नु भएन । अहिले जे छ, यसैलाई नै निरन्तरता गरौं भन्नु भयो त्यसैले पसलहरु खुल्दैन’, सहायक प्रजिअ पोखरेलले जानकारी दिए ।

सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कूषि तथा निर्माण मजदुरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरुलाई बिहान ५ बदेखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिड्न दिइने प्रशासनले जनाएको छ । अध्यादेश बमोजिम दिएको आदेश पालना नगरी मास्क नलगाई आदेश उंलघन गरी हिड्ने संस्थालाई ५ लाख र व्यक्तिलाई १ लाख जरिवाना हुने आदेश पत्रमा उल्लेख गरिएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button