समाचारस्वास्थ्यहेडलार्इन

१ नम्बर प्रदेशमा पछिल्लो २४ घढटामा ९९३ जना कोरोना संक्रमणमुक्त, ८५१ संक्रमित थपिए


विराटनगर koshipost.com
१ नम्बर प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । ९ सय ९३ जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भई घर फर्केका हुन् । संक्रमणमुक्त हुनेमा ४ सय १ महिला र ५ सय ९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४ सय ६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । थपिकाहरु झापामा ३ सय ३९, मोरङमा २ सय ५६, सुनसरीमा १ सय ९७, उदयपुरमा २७, इलाममा ६, पाँचथर, धनकुटा र भोजपुरमा ४–४, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको विकास मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय २८ जना पुगेको छ ।


झापाको मेचीनगरमा १ सय ५, विर्तामोडमा ५६, शिवसताक्षीमा ३८, कनकाईमा २७, अर्जुनधारामा २५, गौरीगञ्जमा १९, हल्दिबारीमा १७, दमक र भद्रपुरमा १४–१४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, झापा गाउँपालिकामा ३, गौरादह र स्थानीय तह नखुलेका २–२ जना छन् । मोरङको विराटनगरमा १ सय ४७, सुन्दरहरैचामा ३५, रतुवामाईमा १९, उर्लाबारीमा १२, बुढीगंगामा ११, बेलबारीमा ८, कटहरीमा ५, धनपालथानमा ४, मिक्लाजुङ, रंगेली र जहदामा ३–३, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, कानेपोखरी, ग्रामथान र लेटाङमा १–१ जना छन् ।

यस्तै, सुनसरीको इटहरीमा ७०, धरानमा ५०, इनरुवामा ४६, बराहक्षेत्रमा १०, देवानगञ्जमा ७, दुहवीमा ६, रामधुनी, बर्जु र स्थानीय तह नखुलेका २–२, गढी र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको सामजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी उदयपुरको त्रियुगामा २५, चौदण्डीगढी र उदयपुरगढीमा १–१, इलामको चुलाचुलीमा २, इलामनगरपालिका, सुर्योदय, देउमाई र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा ३ र स्थानीय तह नखुलेका १, धनकुटाको छथरमा २, पाख्रिवास र चौवीसेमा १–१, भोजपुरको अरुण, षडानन्द, भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ११ जनामा कोरोेना पुष्टि भएकोे मन्त्रालयले जनाएको छ । १ नम्बर प्रदेशमा ६१ हजार ७५ जना संक्रमित रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button