समाचारसमाजस्थानीयहेडलार्इन

वीपी प्रतिष्ठान सुधारका लागि मेयर सहित राजनीतिक दलको दबाव सञ्जाल(भिडियो सहित)

[mashshare]


धरान,koshipost.com

वीपी प्रतिष्ठान सुधारका लािग मेयर सहित राजनीतिक दलको दबाव सञ्जाल बनेको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलका संक्रिय नेता कार्यकर्ता, नागरिक समाजका अगुवा लगायत अभियन्ताहरुको दबाव सञ्जाल बनेको हो । आज शनिबार धरान उपमहानगरपालिकामा भएको बृहत छलफलले दबाव समूह गठन गरेको छ ।


प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा ‘धरान नागरिक दबाव सञ्जाल’ बनेको हो । दबाव सञ्जालको सदस्य सचिवमा डा. कमल तिगेला, सदस्यहरुमा नागरिक समाजका मनोजकुमार मेन्याङ्बो, प्राध्यापक हरिप्रसाद दाहाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, प्राध्यापक आनन्द आचार्य, अग्रज पत्रकार हर्ष सुब्बा, भवानी बराल, गौरीशंकर अग्रवाल, नरप्रसाद लुङफुङवा, चेतना श्रेङ, शिखा चेम्जोङ, हिरा उदास, राजविमल श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केशव घिघिरे, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, आदिवासी जनजाति महासंघका अध्यक्ष सुवास हुक्पाचोङवाङ रहेका छन् । दबाव सञ्जालले विशुद्ध राजनीतिक हिसाबले काम गर्ने र दलहरुले साथ दिने जनाइएको छ । संयोजक प्रा.डा. शर्माका अनुसार सञ्जालका लागि राजनीतिक दलले होस्टेमा हैंसे गर्नेछन् ।


पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको सहभागीहरुको भनाई छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए ।

सञ्जालले बीपी प्रतिष्ठानबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त बनाउन दबाव दिने र धरानको साख फर्काउन समेत लाग्ने भएको छ । ‘पहिलो कुरा त बीपी प्रतिष्ठान सुधार्न नै लाग्ने हो’, संयोजक प्रा.डा.शर्माले भने, ‘त्यसपछि नियमितरुपमा धरानकै साख फर्काउन पनि लाग्ने भएका छौं ।’ धरान उपमहानगरपालिकाले समन्वय गर्ने भएको छ । बीपीका पदाधिकारी लगायत अन्यसँग छलफललगायतका वातावरण मिलाउने जिम्मा उपमहानगरपालिका

सञ्जालले बीपी प्रतिष्ठानबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त बनाउन दबाव दिने र धरानको साख फर्काउन समेत लाग्ने भएको छ । ‘पहिलो कुरा त बीपी प्रतिष्ठान सुधार्न नै लाग्ने हो’, संयोजक प्रा.डा.शर्माले भने, ‘त्यसपछि नियमितरुपमा धरानकै साख फर्काउन पनि लाग्ने भएका छौं ।’ धरान उपमहानगरपालिकाले समन्वय गर्ने भएको छ । बीपीका पदाधिकारी लगायत अन्यसँग छलफललगायतका वातावरण मिलाउने जिम्मा उपमहानगरपालिका

सञ्जालले बीपी प्रतिष्ठानबाट प्रवाह हुने सेवा चुस्तदुरुस्त बनाउन दबाव दिने र धरानको साख फर्काउन समेत लाग्ने भएको छ । ‘पहिलो कुरा त बीपी प्रतिष्ठान सुधार्न नै लाग्ने हो’, संयोजक प्रा.डा.शर्माले भने, ‘त्यसपछि नियमितरुपमा धरानकै साख फर्काउन पनि लाग्ने भएका छौं ।’ धरान उपमहानगरपालिकाले समन्वय गर्ने भएको छ । बीपीका पदाधिकारी लगायत अन्यसँग छलफललगायतका वातावरण मिलाउने जिम्मा उपमहानगरपालिकाले लिएको मेयर तिलक राईले जानकारी दिए । ‘अनुगमन समिति गठन गर्न पहल गर्ने, अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, बीपीका गतिविधि प्रदेश, संघीय सरकारलाई जानकारी गराउने साथै विगतमा प्रतिष्ठानमा बुझाइएको ध्यानाकर्षण र ज्ञापनपत्रलाई कार्यान्वयनका लागि पहल गर्ने समेत निर्णय भएको छ’ मेयर राईले भने ।

को लिएको मेयर तिलक राईले जानकारी दिए । ‘अनुगमन समिति गठन गर्न पहल गर्ने, अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, बीपीका गतिविधि प्रदेश, संघीय सरकारलाई जानकारी गराउने साथै विगतमा प्रतिष्ठानमा बुझाइएको ध्यानाकर्षण र ज्ञापनपत्रलाई कार्यान्वयनका लागि पहल गर्ने समेत निर्णय भएको छ’ मेयर राईले भने ।

को लिएको मेयर तिलक राईले जानकारी दिए । ‘अनुगमन समिति गठन गर्न पहल गर्ने, अनुगमनपछि प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने, बीपीका गतिविधि प्रदेश, संघीय सरकारलाई जानकारी गराउने साथै विगतमा प्रतिष्ठानमा बुझाइएको ध्यानाकर्षण र ज्ञापनपत्रलाई कार्यान्वयनका लागि पहल गर्ने समेत निर्णय भएको छ’ मेयर राईले भने ।


धरान उपमहानगरपालिकाले प्रतिष्ठानमा हेल्प डेस्क राख्ने निर्णय भएको छ । ‘त्यहाँ धरानबासीको गुनासो सुन्न, प्रतिष्ठान हाम्रो हो भावनाको विकास गराउन साथै अनुगमन, रेखदेखका लागि पनि हेल्प डेस्क राख्ने बारे पहिलादेखि नै सोंचेका हौं, यसले समग्र धरानबासीको लागि हित हुनेछ भन्ने सोच्दै हेल्प डेस्क राख्ने निर्णयमा पुग्यौं । प्रतिष्ठानमा एउटा कोठा माग गर्ने र त्यहाँ २ जना कर्मचारी राखेर हेल््प डेस्क राखिनेछ’ मेयर राई भने ।


केही दिन यता बीपी प्रतिष्ठानमा देखिएको विकृति, विसङ्गति र भ्रष्टाचारलाई चिर्न स्थानीय सरकार लगायत राजनीतिक दलहरु र सरोकारवाला संघ संस्थाहरु लागेका छन् । आजको छलफलमा उपस्थिति अधिकांशले उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैलीले प्रतिष्ठान अझै धराशायी बन्दै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रतिष्ठानको अवस्था बारे जानकारी लिन उपकुलपति गिरीलाई फोन गर्दा फोन नउठाउने गरेको सहभागीहरुको गुनासो थियो ।


हिजोआज प्रतिष्ठानमा कोभिड अस्पताल, इमरजेन्सी, आइसियु, अक्सिजन लगायतका सेवामा लापरवाही हुँदै गएको प्रतिष्ठानका पदाधिकारीहरु कम्शिन र कमाऊ धन्दामा लिप्त भएको भन्ने समाचार प्रसारण तथा प्रकाशन भईरहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button