समाचारसूचना प्रबिधिहेडलार्इन

पूर्वानुमान ः चट्याङसहित भारी वर्षाको सम्भावना ,आजको मौसम

[mashshare]


काठमाण्ण्डौं koshipost.com

आजको मौसम पूर्वानुमान चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भागमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेकोले धेरै स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ । यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । यस्तैगरी राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक र दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button