
विराटनगर,koshipost.com
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७ सय १३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ४६ महिला र ३ सय ६७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार ८ सय ५८ पुगेको छ । त्यस्तै, आज ४ सय २७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरु सुनसरीमा १ सय ६१, मोरङमा १ सय २४, झापामा १ सय ९, उदयपुरमा १०, धनकुटामा ५, इलाममा ४, ताप्लेजुङमा ३, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ५९ विर्तामोडमा २२, भद्रपुरमा १०, मेचीनगरमा ७, शिवसताक्षी, अर्जुनधारा र स्थानीय तह नखुलेका २–२, बा¥हदशी, हल्दिबारी, बुद्धशान्ति, कनकाई र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्त,ै उदयपुरको कटारीमा ८, बेलका र त्रियुगामा १–१ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ३, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र माईजोगमाईमा १–१, ताप्लेजुङको फुङलिङमा १ र स्थानीय तह नखुलेका २ जना छन् ।
यता सुनसरीको धरानमा ५० इटहरीमा ७४, इनरुवामा २५, रामधुनीमा ५, गढी र बर्जुमा २–२, दुहवी, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जना छन् । मोरङको विराटनगरमा ७२, बेलबारीमा १३, केराबारीमा ११, पथरीशनिश्चरेमा ७, उर्लाबारमिा ५, सुन्दरहरैचा र लेटाङमा ४–४, रंगेली र कटहरीमा २–२, ग्रामथान, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१ जना छन् ।
त्यस्तै, पाँचथरमा २, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । योसंगै प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या ६९ हजार २ सय २४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ जना रहेको छ ।