समाचारसूचना प्रबिधिहेडलार्इन

३ थान भरुवा बन्दुक सहित तीन जना पक्राऊ

तेह्थुम, koshipost.com

बरुवा बन्द्ुक सहित ३ जना पक्राउ परेका छन् । तेह्रथुमः तेह्रथुम लालिगुरास नगरपालिका वार्ड नं. १ भुल्केस्थितबाट ३ थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा भुल्के १ का ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ रहेका छन् । शुक्रबार दिउँसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेका थिए ।


बन्दुक बोकेर हिडिरहेका उनीहरु प्रहरीलाई देख्नासाथ भाग्न खोजेका थिए । भाग्न खोजेपनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वसन्तपुरमा बुझाएका छन् । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button