
काठमाण्डौं,koshipost.com
पछिल्लो २४ घण्टामा १ हजार ९ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९ सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोही अवधिमा कोरोना कारण ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ३ हजार ७ जना निको भएर घर फर्केका छन् । योसंगै नेपालमा हाल सम्म ६ लाख ६५ हजार ७ सय ७७ जना कोरोना संक्रमित भएका छन् भने ५ लाख ८४ हजार ३ सय ३४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ४ सय २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।