राजनीतिसमाचारस्थानीयहेडलार्इन

धरानमा विपक्षी विद्यार्थी संगठनहरुद्रारा प्रधानमन्त्रीको पुत्ला दहन प्रहरीले हस्तक्षेप

[mashshare]

धरान ,koshipost.com


धरानमा विपक्षी विद्यार्थी संगठनहरुदारा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । विपक्षी विद्यार्थी संगठनहरुले धरानमा संसद विघटनलगायत विभिन्न एजेण्डा लिएर विरोध प्रर्दशन एवं प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।


महेन्द्र बहुमुखी क्याम्पस धरानबाट निस्किएको विद्यार्थीको जुलुस भानुचोकमा कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेका थिए । संसद विघटन, जातीय विभेद गर्नेलाई शिक्षामन्त्रीले प्रसय दिएको, महंगी र पेट्रोलियम पदार्थको मुल्यवृद्धिलगायतको विरोध गर्दै विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनहरुले प्रर्दशन गरेका हुन् ।

विपक्षी गठबन्धनसम्बद्ध नेवि संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अनेरास्वविय माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले विरोध प्रर्दशन गरेको हो । केन्द्रीय सर्कुलर अनुसार जिल्ला जिल्लामा संसद विघटन विरुद्ध प्रधानमन्त्रीको पुत्ला जलाइएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बुद्रोस लिम्बुले जानकारी दिए । ‘संविधानमाथि कुठाराघात भएको छ, जनताको सपनामाथि कुठाराघात भएको छ । संविधान जोगाउनको लागि, न्यायिक प्रणाली जनेगाउन, प्रधानमन्त्री र राष्ट्रपतिको गरिमा जोगाउनको लागि सडकमा उत्रिएका हौं,’उनले भने ।

जातीय विभेद गर्नेलाई कारबाही गराउनुको साटो शिक्षामन्त्रीले गाडीमा लिफ्ट दिएर कानुनको धज्जी उडाएको उनले बताए । कोणसभालाई समाजवादी विद्यार्थी नेता एवं महेन्द्र क्याम्पसको स्ववियु सभापति सागर चेम्जोंग, नेवि संघ जिल्ला सभापति मन्दिप भटट्राई, अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष बुद्रोस लिम्बु, अनेरास्ववियका आशिष प्रधान लगायतले सम्बोधन गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button