जीवनीसमाचारस्थानीयहेडलार्इन

कोरोनाले माओवादी केन्द्र धरान १५ कमिटिका सचिव पाख्रिनलाई लग्यो

[mashshare]

धरान,koshipost.com
कोरोना संक्रमणबाट नेकपा माओवादी केन्द्र धरान वडा नं १५ का कमिटि सचिव टिका पाख्रिनको निधन भएको छ । संक्रमण पुष्टि भएपश्चात वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पाख्रिनको गए राती करिब १२ बजे निधन भएको हो । उनको शव सेउती खोलास्थित मुक्तिघाटमा मापदण्ड अपनाउदै केही समयअघि अन्त्येष्टी भइसकेको छ । मृतक पाख्रिन राजनीतिसँगै सामाजिक क्षेत्रका अगुवा व्यक्तित्व पनि थिए ।

पाख्रिन बाँझगरा सामुदायिक वन उपभोक्ता समुहका पुर्वअध्यक्ष पनि हुन्् । उनी हाल वन समुहको सल्लाहकार समितिका सदस्य समेत रहेका थिए । यस्तै, विशाल मार्ग टोल विकास संस्थाको अध्यक्ष, धरान १५ श्यामचोकस्थित गुम्बाको उपाध्यक्ष र धरान १५ बाल उद्यान निर्माण उपभोक्ता समितिको अध्यक्ष थिए ।

बाँझगरा वन समुहका अध्यक्ष राजन मोक्तानका अनुसार पाख्रिन २२ दिनअघि संक्रमण देखिएको थियो । घरमा रहदा नै उनलाई निमोनिया भएको र प्रतिष्ठानमा भर्ना गरिएको मोक्तानले जानकारी दिए । अन्त्येष्टी अघि मृतक पाख्रिनको शवलाई नेकपा माओवादी केन्द्रका नेताहरुले पाटीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए भने बाँझगरा वन समुहले पनि समुहको झण्डा ओढाएर श्रद्धाञ्जली दिएको वन समूहका अध्यक्ष मोक्तानले बताए

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button