समाचारसमाजस्थानीयहेडलार्इन

एक सय ५० केजी गाँजा सहित चतराबाट २ जना युवा पक्राउ, फरार २ जनाको खोजी हुदै

बराहक्षेत्र, koshipost.com

१ सय ५० किलोग्राम गाँजा सहित चतराबाट २ जना युवा पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् । उनीहरुलाई राती अन्धाजी १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीको प्रहरी टोलीले पक्राउ गरेको हो ।


चतराबाट आईरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसाईकललाई नियन्त्रणमा लिएर चेकजाच गर्ने क्रममा भेनबाट १५० केजी गाँजा वरामद भएको थियो । यस्तै, सिटमा लुकाई राखिएको अवस्था १ थान नक्कली पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु प्रहरीलाई देख्न साथ २ जना फरार भएका थिए । फरार भएका २ जनालाई प्रहरीले खोजी गरीरहेका छन् । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button