
धरान koshipost.com
राष्ट्रिय जनमुक्ति पाटीद्धारा आगमी साउ २२ गते कालोदिन भन्दै शान्तिपूर्ण बन्दको आह्वान गरेको छ । पाटीले किरात लिम्बुवान, खम्बुवान प्रदेश परिचालित समितिले साउन २२ गते एकदिन शान्तिपूर्ण लिम्बुवान बन्दको घोषणा प्रेस अपिल मार्फत जनाएको छ ।

अरुण पूर्वको ( जिल्लामा बन्द गर्ने राष्ट्रिय जनमुक्ति पाटीले जारी गरेको अपिलमा भनिएको छ । हरेक वर्ष साउन २२ गतेलाई कालोदिनको रुपमा २०६६ साल साउन २२ गतेबाट लगातार एकदिने शान्तिपूर्ण लिम्बुवान बन्दको आह्वान गर्दै आइरहेको अपिलमा उल्लेख गरिएकोे छ ।
लिम्बुवान स्वायत्त राज्य स्थापनाको संविैधानिक ग्यारेन्टीका लागि भन्दै बन्द आह्वान गरिएको जनाइएको छ ।
साउन २२ गतेकै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई राष्ट्रिय जनमुक्ति पाटीले कालो दिनको रुपमा मनाउँदै आएको छ । बन्दलाई सफल बनाउन मजुदुर,किसान,शिक्षक,विद्यार्थी,पत्रकार,बुद्धिजिवि, व्यपारी, व्यवसायीलाई अपिलमा अनुरोध गरिएको छ ।