
धनकुटा, koshipost.com
धनकुटामा प्रहरीको घेरा तोड्दै नेपाली कांग्रेस सहित विपक्षी चार गठबन्धन दलहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा सभा गरेका छन । कांग्रेस पाटी कार्यालयबाट शुरु भएको नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र,जसपा र नेकपा एमाले माधव समुहको विरोध ¥यालीले धनकुटा बजार परिक्रमा गरी प्रहरीको घेरा तोड्दै जिल्ला प्रशासन कार्यालय घेराऊ गरी कोण सभा गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा प्रदेश सभाका सदस्यहरु लिला सुब्बा,कुसुम कुमारी श्रेष्ठ,आर सि तुम्बा,धनकुटा जिल्ला समन्वय समितिका उपप्रमुख बंगला राई, नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेल,उपसभापती नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,सहसचिव सिता श्रेष्ठ,कोषाध्यक्ष दिनेश राई,नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, सचिवालय सदस्य हेमचन्द्र किराती,नेकपा मााधव समुहका अध्यक्ष अर्जुन राई,डिप्लप राई,जसपा धनकुटाका अध्यक्ष बल वहादुर राई,उपाध्यक्ष पार्वती राइ ,विकास घिमिरे लगायतका नेताहरुले नेतृत्व प्रदान गरेका थिए ।
विरोध सभालाई प्रदेश सभा सदस्य आर सि तुम्बा,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई न्याय र समानताका लागी आन्दोलनको आधिवेहरी ल्याउने बताए । विपक्षी चार गठनबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मृद्दा तत्काल फिर्ता हुनु पर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहार विरुद्ध मुद्दा दर्ता गर्नु पर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यलाई बिना शर्त रिहा गर्नु पर्ने मागहरु तत्काल पुरा नगरे धनकुटा जिल्लाभरी सशक्त आन्दोलन गर्ने विपक्षी चार गठबन्धनका नेताहरुले प्रशासनलाई चेतावनी दिएका छन ।
प्रशासन कार्यालय घेराउ गर्ने क्रममा पहरीको घेरा तोड्नेक्रममा प्रहरीले बल प्रयोग गर्दा केही नेता तथा कार्यर्ताहरुलाई समान्य चोटपटक लागेता पनि ठूलो क्षती भने नभएको चार विपक्षी गठबन्धनले बताएका छन् ।