समाचारस्वास्थ्यहेडलार्इन

धारिलो हतियार प्रहार गरी हवल्दार दाजुको हत्या गर्ने भाई पक्राउ

विराटनगर,koshipost.com


धारिलो हतियार प्रयोग गरी दाजुको हत्या गर्ने भाई पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका –५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार राति साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरी एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।


घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । पारिवारिक विवादका क्रममा सो घटना भएको उनले जानकारी दिए । साजनले मादक पदार्थ सेवन (मापसे) गरेर धारिलो हतियारले प्रहार गरेको खुलेको प्रहरीले जानकारी दिए । उनी लागूऔषध दुव्र्यसनी समेत रहेको खुलेको प्रहरीले जनाएको छ ।


दाजु–भाइबीच पारिवारिक विवादका क्रममा झगडा भएको र राति उनले दाजुमाथि चक्कु प्रहार गरेका थिए । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार रहेको प्रहरीले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button