जीवनीसमाचारहेडलार्इन

लिला श्रेष्ठ (सुब्बा) स्मृति भवन निर्माणमा लगाइएको आरोप ११ औं स्मृति दिवसको अवसरमा सार्वजनिक गरियो ( भिडियो सहित)

धरान,koshipost.com
लिला श्रेष्ठ (सुब्बा) भवन निर्माणमा भ्रष्ट्राचार भएको भनेर लगाईएको आरोपम ११ औं स्मृति दिवसको अवसरमा सार्वजनिक गरिएको छ । धरान –७ स्थित लिला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानको निर्माणाधिन भवन परिसरमा आयोजित कार्यक्रममा निर्माण समितिले लागत खर्च देखाएको हो । स्मृति दिवसमा बोल्दै एमाले नेताहरुले स्वर्गीय श्रेष्ठलाई इमान्दार नेतृकोरुपमा स्मरण गरे । कार्यक्रमकी प्रमुख अतिथि रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदीले महिलाहरुलाई राजनीतिमा आउन प्रेरणा दिइरहने नेतृकोरुपमा स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहदा हाल पार्टीको अवस्थाले सबैलाई चिन्तित बनाएको बताइन् ।


उनले स्वर्गीय नेतृलाई चिरस्मरणीय बनाइराख्न उपमहानगरपालिकाले र वडा कार्यालयले पनि विभिन्न कार्यक्रमहरु राखेको बताइन् । ‘लिला श्रेष्ठ सुब्बा को हुनुहुन्थ्यो भनेर चिनाउन, र राष्ट्रिय राजनीतिमा पनि स्मरणीय बनाइराख्न नगरले विभिन्न कार्यक्रमहरु राखेको छ,’उनले दिवस कार्यक्रमा बोल्ने क्रममा सुनाईन् । ‘मोफसलका नेता कहिल्यै राष्ट्रिय नेता नहुने रहेछ, त्यसैले उहाँलाई राष्ट्रिय नेताको पहिचान बनाउन पनि विविध कार्यक्रमहरु गरिरहनुपर्छ । लिला दिदीलाई चिन्नु भनेको पाटीलाई नै चिन्नु हो’ उपमेयर भण्डारीले बताईन् ।’


२००५ सालमा ताप्लेजुङमा जन्मिएकी लिला सुब्बा श्रेष्ठ पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी थिइन् । उनको विवाह धरान ७ का धुव्रलाल श्रेष्ठसँग विवाह भएको थियो । २०४८ सालको आमनिर्वाचनमा सुनसरी क्षेत्र नं २ बाट चुनाव लडेकी उनी विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् । २०५१ सालको मध्यावधी निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट सांसदमा चुनिएकी नेतृ श्रेष्ठ उपसभामुख भइन् । उनी नेपालकै पहिलो उपसभामुख बनेकी थिइन् । नेतृ श्रेष्ठको २०६७ असार २७ गते निधन भएको थियो ।

नेतृ श्रेष्ठको निधन पछि तत्कालिन एमाले अध्यक्ष तारा सुब्बाको अध्यक्षतामा २०७० सालमा लिला श्रेष्ठ स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो । मेयरमा निवार्चित सुब्बाको पनि निधन भइसकेको छ । अहिले प्रतिष्ठानको अध्यक्षमा एमाले नेतृ वेनु काफ्ले रहेकी छिन् । उनकै कार्यकालमा अहिले धरान ७ मा लिला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानको भवन निर्माण भइरहेको छ ।


यो भवन निर्माणको लागि स्वर्गीय श्रेष्ठको श्रीमान् तथा परिवारले करिब ७ धुर जमिन उपलब्ध गराएका छन् । सोही जमिनमा २ तले पक्की भवन निर्माणको अन्तिम चरणमा छ । तेस्रो तलमा ट्रष्ट निर्माण गर्ने र शौचालयलाई अझै व्यवस्थित बनाउने प्रतिष्ठानकी अध्यक्ष काफ्लेले बताइन् । स्मृति भवन निर्माणमा अहिले सम्म जम्मा ३० लाख ८० हजार ४ सय ९२ रुपैया खर्च भएको प्रतिष्ठानकी अध्यक्ष काफ्लेले बताईन् । गत बर्ष प्रदेश सांसद सावित्री श्रेष्ठको बोषबाट ५ लाख, वडा नं ७ बाट ३ लाख, वडा नं ८ बाट १ लाख र नगरपालिकाबाट ५ लाख बजेट विनियोजन भएको थियो ।
यस्तै, यो बर्ष नगरपालिकाबाट ५ लाख, वडा नं ७ बाट २ लाख, वडा १५ बाट १ लाख र वडा नं ८ बाट ५० हजार बजेट विनियोजन भएको थियो । भवन बनाउन उपभोक्ताबाट ६ लाख ३८ हजार ५ सय सहभागी गराउनुपर्नेमा रकम उठाउन सकस भइरहेको अध्यक्ष काफ्लेले दिवस कार्यक्रममा सुनाईन् । उनका अनुसार अझै साढे ५ लाख भन्दा बढी निर्माण समितिलाई ऋण नै रहेको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष काजी गिरीले विभिन्न निकायबाट प्राप्त भएको बजेटलाई भवन निर्माणमा सदुपयोग गरेको बताए । ‘भवन अझै पुर्णरुपमा निर्माण सम्पन्न भइसकेको छैन, आउदो बर्ष पाउने बजेटबाट थप निर्माण गछौं,’उनले भने,‘जे जेति बजेट पाएका छौं, त्यसलाई सहीरुपमा निर्माण कार्यमा लगाएका छौं, कसैलाई शंका भए विल भौचर नगरपालिकामा गएर हेर्न सक्नुहुन्छ ।’ स्मृति दिवस कार्यक्रममा १ जना व्यक्तिलाई आर्थिक सहयोग पनि गरिएको थियो ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button