समाचारस्वास्थ्यहेडलार्इन

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८२ कोरोना संक्रमित थपिए, २२७ जना कोरोना संक्रमित संक्रमणमुक्त

[mashshare]


विराटनगर,koshipost.com

प्रदेश १ मा पछिलो २४ घण्टामा ३८२ जनामा कोरोना भाईरस पुष्टि भएको छ । संक्रमित हुनेमा झापामा १ सय ३६, मोरङमा १ सय १९, सुनसरीमा १ सय १, धनकुटामा १०, इलाम र तेह्रथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बाह्रदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१ जना छन् । मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१ छन् ।


यस्तै, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१ जना छन् । इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १/१, तेह्रथुममा म्याङलुङमा १ र स्थानीइ तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ७ सय ९२, सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६१ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २ सय २७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९ सय ५४ जना रहेको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button