राजनीतिसमाचारस्थानीयहेडलार्इन

सर्वोच्च अदालतको फैसलाई धन्यवाद दिदै धरानमा कांग्रेस,माओवादी केन्द्र र जसपाले गर्यो दिप प्रज्वलन

[mashshare]

धरान,koshipost.com
सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेसद्धारा धरानमा दिप प्रज्वलन गरेको छ ।सोमबार साँझ धरान १८ स्थित कांग्रेसको पाटी कार्यालय अगाडी संसद पुनः स्थापना भएको खुशीयालीमा नेपाली कांग्रेस धरान नगर समितिले सर्वोच्चलाई धन्यवाद दिदै दिप प्रज्वलन गरेको हो ।
प्रदेश १ प्रदेशसभाका सांसद चन्द्र प्रसाद श्रेष्ठ, श्रेत्रिय सभापति सुरेशमान श्रेष्ठ, कांग्रेस नगर सभापति समेत रहेका मेयर तिलक राई लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरु दिप प्रज्वलन कार्यक्रममा उपस्थित भएका थिए ।


कांग्रेसले वुद्ध चौकमा २ सय भन्दा बढी मैनबत्ती बालेर दिप प्रज्वलन गरेका हुन् । त्यही बेला सर्वोच्चलाई धन्यवाद दिदै नारा समेत लगाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै दिएको रिट निवेदनमा संवैधानिक इजलाशको पक्षमा आज फैसला गरेको थियो ।


सर्वोच्चले संसद विघटनलाई बदर गर्दै पुनस्थापना गर्ने फैसला गरेको छ भने देउवालाई प्रधानमन्त्री बनाउन पनि परमादेश जारी गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्र र संघिय समाजवादी पाटीले पनि संयुक्त रुपमा भानुचौकमा दिप प्रज्वलन गरेका थिए ।

यसैगरी, महेन्द्र बहुमुखी क्याम्पसको गेट अगाडी धरानका पाँच वटा विद्यार्थी संगठनले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दिप प्रज्वलन गरेका थिए । नेवि संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी यूनियन र अखिल छैटौका विद्यार्थीहरुले दिप प्रज्वलन गरेका थिए ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button