
धनकुटाkoshipost.com
४० हजार धलौटी बुझाएर ७ जना कांग्रेस नेताहरु धनकुटा जिल्ला प्रशासनको आदेशमा छुटेका छन् । नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी सहित ७ जना कांग्रेस नेताहरु सोमबार जिल्ला प्रशासन कार्यालय धनकुटामा हाजिर भई धलौटी जम्मा गरी छुटेका हुन् ।

धनकुटाको पाख्रिवास नगर परिषदमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको खोजीमा रहेका नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी,जिल्ला सदस्य निलम थापा,पाख्रिवाका कोषाध्यक्ष विर वहादुर थापा,वडा नं. ४ का सभापति श्याम प्रकाश राई,नेपाल तरुण दलका जिल्ला सदस्य सन्तोष मानन्धर,घोलीखर्कका अध्यक्ष पासाङ्ग तमाङ्ग,खेम वरुवाल लगायत सात जना कांग्रेस नेताहरु आज जिल्ला प्रशासन कार्यालयमा हाजिर भई प्रति व्यक्ति जनही ४० हजार रुपैया धलौटी जम्मा गरी हिरासतमा नगई छुटेको हो ।
जिल्ला प्रशासन कार्यालय परिषदमा बयान दिएर धलौटीमा सातै जना नेताहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य ज्ञान वहाुदर गुरुङ्ग ,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,यूवा नेता मदन घिमिरे,मनिष राई लगायतले खादा माला अविर लगाई दिई सम्मान तथा स्वागत गर्दै जिल्ला प्रशासन कार्यालय बाट लिएर गएका थिए ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्तले कांग्रेसका सातै जना प्रति व्यक्ति ४० हजार रुपैया माग गरी तारेखमा छाड्ने निर्णय गरेपछि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको पाख्रिवास वडा नं. ८ को जग्गा धलौटी राखी उनीहरु छुटेको नेपाली कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले जानकारी दिए ।
धनकुटाको पाख्रिवास नगरपालिकामा यही असार गएको १० गते भएको नगर परिषदमा नगर प्रमुख लगायत जनप्रतिनिधिहरुलाई दुव्र्यवहार गरेको आरोपमा वडा नं. ४ का वडाध्यक्ष सोभित निरौला,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु जयन्द्र घिसिङ्ग,निलम थापा,नगर सभापती प्रेम भण्डारी,श्याम प्रकाश राई,गोकुल घिमिरे,विर वहादुर थापा,पासाङ्ग तामाग, सञ्जय मगर,बाबुराम थापा,मान वआदुर राई,रवी पौडेल, श्याम प्रकाश राई, माओवदी केन्द्रका नेता बलराम खड्का, लगायत १५ जनालाई पाख्रिवास नगरपालिका तर्फबाट उपप्रमुख देवकला तिम्सिनाले अभद्र व्यवहार गरेको र तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा मुद्दा गराएकी थिइन् ।
यस अघि वडाध्यक्ष सोभित निरौला धलौटीमा रिहा भईसकेका छन् । आरोप लागेका बाँकी ७ जना नेताहरु भोली जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने जिल्ला सचिव राईले बताएका छन् ।