समाचारस्वास्थ्यहेडलार्इन

कोरोना संक्रमणबाट धरान ११ की एक महिलाको मृत्यु

धरान, koshipost.com

कोरोना संक्रमणबाट धरानमा थप १ जनाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान ११ की ४० वर्षीया महिलाको मृत्यु भएको हो ।


प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार गए राती १० बजेर १५ मिनेटमा उनको मृत्यु भएको थियो । मृतकलाई असार २३ गते संक्रमण पुष्टि भएको थियो भने २५ गते उपचारको लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button