राजनीतिस्थानीयहेडलार्इन

हरेक वर्ष साउन २२ गते लिम्बुवानको कालो दिन

[mashshare]

धरान,koshipst.com


हरेक वर्ष साउन २२ गते लिम्बवानको कालो दिन घोषणाा गदै १ दिन वन्द गदै आएका छन् । साउन २२ गते (आज) लिम्बुवानको कालो दिन घोषणा गरेर राष्ट्रिय जनमुक्ति पाटीले हरेक बर्ष आजकै दिन लिम्बुवान बन्द आह्वान गर्दै आएको छ । यस वर्ष पनि पाटीले लिम्बुवान बन्द घोषणा गरेको हो । त्यसैले आज बिहानैदेखि धरानको विभिन्न चोकहरुमा सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ ।

लिम्बुवान बन्द घोषणा गरेपनि जनमुक्ति पार्टीले भने बिषम परिस्थिति भएको कारण बन्द हडताल गर्दै नहिड्ने प्रष्ट पारेको छ । पार्टीका नेता विष्णु थाम्देनले यो बर्ष विरोध कार्यक्रम निरन्रतता छ भन्ने राज्यलाई जानकारी गराउनको लागि लिम्बुवान घोषणा गरिएको हो । तर आफुहरु बन्द हडताल गर्दै नहिड्ने उनले बताए । ुअहिले कोरोना संक्रमणको बेला छ, त्यसैले बन्द घोषणा गरेपनि बन्द गराउदै हिड्दैनौं,ुनेता थाम्देनले भने, ुहाम्रो विरोध कार्यक्रम निरन्तरता छ भन्ने राज्यलाई जानकारी गराउन दबाबमुलक कार्यक्रम मात्र गछौं ।ु

नेता थाम्देनका अनुसार लिम्बुवानका विभिन्न जिल्ला, सहरहरुमा आज सांकेतिकरुपमा कालो झण्डा प्रर्दशन र केही ठाउँमा कालो झण्डा गाड्ने कार्यक्रम मात्र हुनेछ । जनमुक्ति पार्टीले नेपालको संविधान २०७२ पुर्नलेखन गर्नुपर्ने र लिम्बुवानसहितको नयाँ राज्य संरचनालाई संबोधन गर्नुपर्ने माग प्रमुखताको साथ उठाउदै आएको छ । ुसंविधान पुर्नलेखन हुनुपर्छ । लिम्बुवानसहितको नयाँ राज्य संरचनालाई सम्बोधन हुनुपर्छ भन्ने हाम्रो दबाबमुलक कार्यक्रम हो । संकेतिकरुपमा कालोझण्डा प्रर्दशनसम्म गर्ने, केही ठाउँमा झण्डा गाड्ने कार्यक्रम छ’थाम्देनले भने ।

वि.स.१८३१ साउन २२ गते तत्कालिन गोरखा राज्य र अरुणपुर्व लिम्बुवानबीच सन्धि भएको थियो । उक्त सन्धिलाई जनमुक्ति पार्टीले छलकपटपुर्ण सन्धि भन्दै आएको छ । उक्त सन्धिले लिम्बुवानको सर्वभौम सत्ता हरण गरेको जनमुक्तिको भनाई छ । पार्टीले नेपालको अन्तर्गत लिम्बुवान स्वयत्त राज्य स्थापनाको संवैधानिक ग्यारेण्टी गर्न हरेक बर्षको साउन २२ गतेलाई लिम्बुवानको कालोदिनको रुपमा २०६६ सालदेखि शान्तिपुर्ण लिम्बुवान बन्द गर्दै आएको छ । नेपाललाई पुर्णसंघीयतामा लैजाने र १८३१ साउन २२ गतेको सन्धिको मुल जगलाई टेकेर आन्मनिर्णयको अधिकारसहित लिम्बुवान स्वयत्त राज्य स्थापना गर्नुपर्ने जनमुक्तिको माग छ ।

Tags

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button