
धरान,koshipost.com
धरानमा ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले साउन २८ गते देखि कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् । भोली देखि फेरि ३ चरणमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार यस भन्दा अघि सञ्चालन भएको खोप अभियानमा छुटेका लक्षित समुदायलाई लक्षित गरी यस पटक अमेरिकन जोनसन एण्ड जोनसन खोप ५० वर्ष देखि ५४ वर्ष उमेर समुहकाहरुलाई खोप लगाईदैछ ।

भोली साउन २८ गते बिहीबार धरान १,२,३,४,५,६,७,८,९ र ११ वडाका बासिन्दाहरूलाई र साउन २९ गते शुक्रवार धरान १०,१२,१३,१४,१५,१६,१७,१८,१९ र २० वडाका बासिन्दाहरूलाई लगाईदैछ ।
यसैगरी साउन ३० गते शनिवार सार्वजनिक यातायातको चालक, सहचालक, धरान औद्योगिक क्षेत्रका कर्मचारी र श्रमिक, दैनिक उपभोग्य बस्तु खाद्यान्न, तरकारी, मासु पसलका व्यक्तिहरू गरी जम्मा ४ हजार ४ सय ६० जनालाई खोप लगाउने लक्ष रहेको प्रमुख मेहेताले बताए ।
यस पटक भने खोप केन्द्रहरूमा भिडभाड नहोस् भनेर वडा वडामै खोप केन्द्र तोकिएको छ भने २० वटा वडाका लागि दुई चरणमा १० वटा खोप केन्द्रहरूबाट खोप अभियान सञ्चालन हुनेछ । यसैगरी साउन ३० गते उद्योग बाणिज्यसंघ, धरान औद्योगिक क्षेत्र, सिद्धि नेवा परिषदमा खोप केन्द्र रहने महाशाखाका प्रमुख मेहेताले जनाएको छ ।