
विराटनगर,koshipost.com
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । कुल १ हजार ४ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५ सय ८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ७२ जनामा कोरोना पुष्टि भएको सामजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ९१, मोरङमा १ सय ३५, सुनसरीमा १ सय १६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ ।
सुनसरीको इटहरीमा ५७, धरानमा ३५, रामधुनीमा ८, बराहक्षेत्रमा ६, दुहवीमा ५, इनरुवामा ४, गढीमा १ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ६, छथर जोरपाटीमा ३, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१ जना छन् । इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, मांसेबुङमा २, सुर्योदय र रोङमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेका १, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, झापाको दमकमा ५७, विर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जना छन् । यस्तै, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३३, केराबारीमा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, बेलबारीमा ६, लेटाङ, रंगेली र कानेपोखरीमा ३–३, सुनबर्षी, रतुवामाई र स्थानीय तह नखुलेका २–२, बुढीगंगा, धनपालथान, कटहरी र ग्रामथानमा १–१ जना रहेका छन् ।
त्यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय ४७ महिला र ३ सय ६३ पुरुष रहेका छन् । यही अवधीमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ६ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।