
धरान,koshipost.com
अग्नि पिडित आइतीमायालाई सहयोगीहरुले नयाँ घर बनाई दिएका छन् । देश तथा विदेशमा रहेका नेपाली मनकारी मनहरुले सहयोग पैसा उठाएर आगोलागीबाट नष्ट भएको आइतीमायाको घर निर्माण गरिदिएका हुन् । गत बर्ष असोज ९ गते धरान १४ पिण्डेश्वर मन्दिर जाने बाबाधाम मार्गस्थित आइतबारे थानको नजिक रहेको आइतीमाया लिम्बुको घरमा आगोलागी भएको थियो ।
आइतीमायाको आर्थिक अवस्था कम्जोर भएका कारण सहयोगीहरुले पैसा उठाएर नयाँ घर बनाई दिएको युवा नेता तथा सामजिक अभियान्ता मिङ्मा भोटेले जानकारी दिए । ‘कोरोना भाईरसका कारण म आफै बिरामी भए चिनेजानेको साथीभाईलाई सहयोगको बारे कुरा गर्न सकिएन,जसमा फेरि विच बिचमा बन्दाबन्दी भयो त्यसले पनि असर गर्यो,आइतीमायाको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण हामीले देश तथा विदेशमा रहेका साथीभाईहरुलाई समस्या बतायौं अनि सहयोगको कुरा गरेयौं हामी आफैले पनि पैसा निकाल्यौं केही पैसा जम्मा भएपछि यही २०७८ साल लागेपछि हामीले फलाम र टिनको छाना भएको व्यवस्थित घर बनाएर हस्तान्तरण गरेका हौं’ अभियान्ता भोटेले कोशीपोष्ट संग कुरा गदै भने ।
आइतीमाया धरानको एक मिलमा काम गरेर बिहान बेलुकाको बन्दो गदै आएकी छिन् । उनी राम्रोसँग बोल्न सक्दिनन् । उनको साथमा अन्दाजी १७, १८ बर्षको एक छोरा, बुहारी र नाती छन् । छोरा बुहारी सफारी चलाउछन् तर गुजारा गर्न हम्मे छ । आगलागी भएपछि आइतीमाया बिचल्ली हुने अवस्था भएको थियो ।
आइतीमायाको घर निर्माणमा २ लाखा ५२ हजार खर्च भएको र सहयोगीहरुरबाट जम्मा १ लाख ५७ हजार मात्र आर्थिक संकलन भएकाले ९५ हजार पैसा अझै संकलन गरेर घर निर्माणका लागि सामान ल्याएको साहुलाई पैसा बुझाउनु पर्ने धरानका अर्को युवा नेता तथा सामजिक अभियान्ता दिपक घिसिङले जानकारी दिए ।
मिङ्मा भोटे,दिपक घिसिङ,धरान वडा नम्बर ३ की वडासदस्या उषा सुब्बा,धरान १० की सोनामहाङ लावती र धरान १५ की चन्द राई लगायतको पहलमा देश तथा विदेशमा रहेका मनकारी नेपालीहरुले दिएको पैसाले आइतीमायाको घर निर्माण भएको छ ।




